स्वास्थ्य |

बुंगलमा कोभिड अस्पताल सञ्चालनमा, डाक्टरको गरे स्थानीयले स्वागत


बझाङ समाचारदाता
बझाङ, कात्तिक २२ गते । जिल्लाको बुंगल नगरपालिकामा कोभिड –१९ कोरोना अस्पताल सञ्चालनमा आएको छ । कोरोना भाईरसबाट संक्रमितहरुको उपचार गर्नका ५ शैयाको कोभिड –१९ कोरोना अस्पताल सञ्चालनमा ल्याएको हो ।
स्वास्थ्य मन्त्रालयले देशका सबै स्थानीय तहहरुमा कोभिड –१९ कोरोना अस्पताल बनाउनका लागि आबस्यक बजेट विनियोजन गरेपछि प्राय सबै स्थानीय तहरुमा अस्पतालको तयारी गरिरहेका छन् । यहाँको बुंगल नगरपालिकाले भने अस्पतालको सम्पूर्ण कार्य पुरा गरी शुक्रबारबाट औपचारिक रुपमा सेवा सञ्चालनमा ल्याएको हो । बुगंल नगरपालिकाको ७ कफसेरीको शंकरखोलामा रहेको पुरानो स्वास्थ्य चौकीको भवनमा अस्पताल बनाएको हो । बुगंल नगरपालिका स्वास्थ्य शाखा प्रमुख नैनबहादुर सिंहले भन्नुभयो , अस्पतालको व्यवस्थापकीय कार्य पूरा गरि सेवा सञ्चालनमा ल्याएका हौँ । उहाँले अस्पतालमा अक्सिजनसहितको औषधीहरुको समेत ब्यवस्था गरिएको र डाक्टर क्वाटरको निर्माण कार्य भईरहेको बताउनुभयो । अस्तातालमा डाक्टर  हाजिरी भएपछि स्थानीयले बाजागाजासहित खुसीयाली मनाएका छन् । अस्पतालमा एक जना डाक्टर दुई जना स्टाप नर्स र एक जना कार्यालय सहयोगी  भर्ना गरिएको छ ।
बुगल नगरपालिका सँगै अन्य पालिकारले समेत अस्पताल निर्माण गर्नका लागी आवश्यक तयारीमा लागेका छन् । जिल्लाको खप्तड छान्ना गाउँपालिका , थलारा गाउँपालिका  र छबिसपाथीभेरा गाउँपालिकाले अस्पताल निर्माणको कार्यलाई अन्तिम चरणमा पु¥याएको छ जिल्लामा हाल ६ सय भन्दा बढी संक्रमित रहेको बताइएको छ ।