उपत्यकामा कोरोना भाइरसका एक हजार ५३३ जना सङ्क्रमित थपिए
गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक २३ गते । काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका एक हजार ५३३ जना सङ्क्रमित थपिएका छन् । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १० हजार ४२३ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १२ हजार ३११ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । मन्त्रालयले दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा देशभरि दुई हजार ८१७ जना सङ्क्रमित थपिएको जनाएको छ ।
मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा गरी एक हजार ५३३ जना नयाँ सङ्क्रमित पहिचान गरिएको जनाएको छ ।
हाल ३५ हजार ४१९ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले काठमाडौं जिल्लामा हाल १ हजार २९४ , ललितपुरमा १६२ र भक्तपुरमा ७७ जनामा सङ्क्रमित थपिएका छन् ।