स्वास्थ्य |

कर्मचारीमा कोरोना देखिएपछि स्वास्थ्यचौकी सिल


शेरबहादुर सार्की
बाजुरा, कात्तिक २३ गते । बाजुराको बूढीगङ्गा नगरपालिकाको टाँटे स्वास्थ्यचौकी सिल गरीएको छ । स्वास्थ्यचौकीमा कार्यरत ४५ वर्षीय एक जना कर्मचारीमा कोरोना पुष्टि भएपछि स्वास्थ्यचौकी सिल गरिएको हो ।
आइतबार अछामको कमलबजार स्वास्थ्यचौकीमा गरिएको परीक्षणमा टाँटे स्वास्थयचौकीका एकजना स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि स्वास्थ्यचौकीमा अत्यावश्यकका सेवा बाहेक अन्य सबै सेवा बन्द गरिएको कार्यालयले जनाएको छ ।

गत शुक्रबार १२ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि कमलबजार स्वास्थ्यचौकीमा लिएपछि कोरोना पुष्टि भएकोे स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताउनुभयो ।
उहाँले भन्नुभयो, टाँटे स्वास्थ्यचौकीमा कार्यरत एकजना कर्मचारीमा कोरोना पुष्टि भएपछि अन्य कर्मचारीको पनि स्वाब सङ्कलन गरिने भएको छ ।