स्वास्थ्य |

काठमाडौं उपत्यकामा एक हजार ३८ मा सङ्क्रमणको पुष्टि

गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर ३ गते । काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका एक हजार ३८ जना सङ्क्रमित पहिचान गरिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा एक हजार ३८ सङ्क्रमित पहिचान गरिएको जनाएको छ ।
मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै काठमाडौं उपत्यकाका तीन जिल्लामा ४०३ महिला र ६३८ जना पुरुषमा सङ्क्रमणको पुष्टि भएको जनाएको छ । पछिल्लो चौबीस घण्टामा देशैभरि छ हजार ७३१ ज्नाको आरटीपीसीआर परीक्षण गरिएको छ । जसमध्ये एक हजार ४४२ मा सङ्क्रमणको पुष्टि भएको छ । पछिल्लो चौबीस घण्टामा तीन हजार ५३८ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।
मन्त्रालयका अनुसार उपत्यका अन्तगर्त काठमाडौंमा हाल १२ हजार ५७२ जना, ललितपुरमा दुई हजार ५६ र भक्तपुरमा एक हजार ६२ जनामा सङ्क्रमण सक्रिय छ । काठमाडौंमा हालसम्म ३०७, ललितपुरमा ८८ र भक्तपुरमा ८० जना गरी काठमाडौं उपत्यकामा हालसम्म ४७५ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले उल्लेख गरेको छ ।