स्वास्थ्य |

फाइजरकाे कोरोना विरुध्दको खोप बेलायतमा यसै हप्तादेखि लगाइने

गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर १७ गते । बेलायतले फाइजर बायोटेकले तयार गरेको कोराेना भाइरस विरुद्धको खोपलाई स्वीकृति दिएको छ । यो स्वीकृतिसँगै कोरोना विरुद्धको खोपलाई मान्यता दिने मुलुकमा बेलायत पहिलाे भएको बीबीसीले जनाएकाे छ । केही समय पहिले फाइचर कम्पनीले विकास गरेको खोप ९५ प्रतिशत सफल भएको तथ्याङ्क सार्वजनिक भएको थियो । 

बेलायतको स्वास्थ्य नियामक एमएचआरए (मेडिसीन एन्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी)ले आउँदो हप्तादेखि सर्वसाधारणमा खोप लगाउने बताएको छ ।

सबैभन्दा पहिला आवश्यक भएका सिकिस्त विरामीलाई यो खोप लगाउने तयारी रहेको छ ।
बेलायतले शुरुदेखिनै चार करोड़ डोजÞको लागि स्विकृति दिइसकेको थियो । प्रत्यके व्यक्तिलाई दुईवटा खोप दिने भएकाले पहिलो चरणमा दुई करोडलाई दिने बताइएकोछ ।

सम्बन्धित समाचारहरू

फाइजर र बायोएनटेकद्वारा युरोपेली युनियन समक्ष खोप प्रयोगका लागि अनुमति माँग

फाइजर र एनबायोटेकको खोपले एक हप्ताभित्रै अनुमति पाउने संभावना

फाइजर र बायोएनटेकले विकास गरेको कोरोनाविरुद्धको खोप वयस्कमा पनि ९५ प्रतिशत प्रभावकारी