स्वास्थ्य |

नौ सय ३६ सङ्क्रमित थपिए, एक हजार ९९६ सङ्क्रमित निको भए

गोरखापत्र अनलाइन 

काठमाडौं, मंसिर ३० गते । नेपालमा कोरोना भाइरसका ९३६ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा एक हजार ९९६ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरणमा उल्लेख गरिएकाे छ । थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोना भाइरसका कुल सङ्क्रमित दुई लाख ५० हजार १८० पुगेको छ ।

पछिल्लो चौबीस घण्टामा सात हजार ११७  जनाकाे आरटीपीसीआर परीक्षण गरिएको छ । मन्त्रालयले हालसम्म १८ लाख  ४३ हजार ५८१ जनाको आरटीपीसीआर परीक्षण गरिएको जनाएको छ ।

एक हजार ९९६ जना निको भएर घर फर्केको जनाएको छ । हालसम्म दुई लाख ३८ हजार ५६९ जना सङ्क्रमित निको भएका छन् ।

मन्त्रालयका अनुसार हाल नौ हजार ८८१ जनामा मात्रै भाइरसको सङ्क्रमण सक्रिय छ । नेपालमा निकाे हुने दर बढिरहेकाे छ । अहिले नेपालमा निकाे हुने दर ९५.३६ प्रतिशत  छ ।

नेपालमा अहिले ४५७ जना क्वारेन्टिनमा  छन् ।

पछिल्लो चौबीस घण्टामा १४ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । उक्त मृतकसँगै नेपालमा कोरोनाभाइरसबाट हालसम्म मृत्यु हुनेको संख्या एक हजार ७३० पुगेको छ ।