काठमाडौं उपत्यकामा नयाँ संक्रमित तीनसय १८ जना भेटिए
गोरखापत्र अनलाइन
काठमाडौं, पुस १२ गते । काठमाडौं उपत्यकामा कोरोना भाइरसको नयाँ संक्रमित तीनसय १८ जना भेटिएको छ ।
पछिल्लो चौबीस घण्टामा छ हजार ५५९ जनाको आरटीपीसीआर परीक्षण गर्दा उपत्यका सो संख्यामा कोरोना भाइरसका नयाँ संक्रमित फेला भएको हो ।
काठमाडौं जिल्लामा दुईसय ५०, ललितपुरमा ३४ र भक्तपुरमा ३४ जना संक्रिमत पुष्टि भएको छ ।
उपत्यकामा तीनसय १८ र उपत्यकाबाहिर १६३ गरी देशभर चारसय ८१ जनामा सङ्क्रमण पुष्टि भएको छ ।