स्वास्थ्य |

काठमाडौं उपत्यकामा ३१२ जना कोरोना भाइरसका सङ्क्रमित थपिए

गोरखापत्र अनलाइन
काठमाडौं, पुस १५ गते । काठमाडौं उपत्यकामा तीनसय १२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । देशभर काेराेना भाइरसका पाँचसय ११ जना सङ्क्रमित थपिएकाेमा यहाँ मात्र याे संख्यामा सङ्क्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा पाँच हजार ११० आरटीपीसीआर परीक्षण गरिएकोमा सो संख्यामा सङ्क्रमणको पुष्टि भएको हो । 

काठमाडौं जिल्लामा २२५, लतिपुरमा ४९ र भक्तपुरमा ३८ जनालाई कोरोना पोजेटिभ देखिएको हाे ।