कोभिड–१९ विरुद्धको खोप माघ १४ गतेदेखि लगाइने, निर्धक्क खाेप लगाउन स्वास्थ्यमन्त्रीकाे अपील
गोरखापत्र अनलाइन
काठमाडौं, माघ ११ गते । नेपालमा कोभिड – १९ विरुद्धको खोप माघ १४ गतेदेखि दिने तयारी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रथम चरणको खोप अभियानको विषयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदेश त्रिपाठीले निर्धकसाथ खोप लगाउन सम्बद्ध पक्षलाई अपिल गर्नुभएको छ ।
उहाँका अनुसार सातवटै प्रदेशका ६२ वटा अस्पताल र एकसय २० वटा खाेप केन्द्रबाट खाेप लगाउन शुरू गरिने र साे अभियानकाे माघ १४ गते प्रधानमन्त्री केपी शर्माले शुभारम्भ गर्नहुनेछ । माघ १८ गतेभित्र देशका तीनसयवटा खाेप केन्द्रबाट खाेप दिइनेछ ।
दश दिनसम्म चल्ने यस अभियानमा चारलाख ३० हजार व्यक्तिलाई खोप दिने तयारी रहको छ । भारत सरकारले हालै दिएको ‘कोभिसिल्ड’ तीनपटकसम्म सफलतापूर्वक परीक्षण भएकाले निर्धकतापूर्वक खोप लगाउन हुन उहाँले अपिल गर्नुभएको छ ।