स्वास्थ्य |

महिनावारी हुन पीडा कम गर्न योगासन लाभदायी

यलु जोशी
काठमाडौं, चैत १४ गते । महिलालाई महिनावारीको समयमा पेट र कम्मर दुख्न पीडाका कारण ओच्छ्यानबाट उठ्नसमेत मुस्किल पर्छ ।
धेरै महिलाहरुले औषधि समेत सेवन गरे पनि कम नहुने समस्या हुने गरेको पाइन्छ । चिकित्कका अनुसार यस्तो अवस्थामा औषधि सेवनगर्न खतरा हुन्छ । तर घरायसी उपचार तथा योग आसनबाट महिनावारीको समयमा धेरै सजिलो र पीडा कमहुने विशेषज्ञको राय छ । योग आसन अभ्यास गर्नाले महिनावारीमा हुने पेट तथा ढाडको दुखाई कम गराउन सकिन्छ ।
योगगुरु सारीका श्रेष्ठले आफू पनि महिला भएको हुनाले यस्तो समयको पीडा राम्रो सँग बुझ्ने बताउँदै महिनावारीको समयमा केही योग आसनले आराम दिने जानकारी दिनुभयो ।
उहाँको अनुसार बालासन र शिशु आसनमा बस्दा कम्मर दुखाई कम हुन्छ । बालासनमा एक शिशु जस्तै आसनमा बसिन्छ । खुट्टा पछाडि तर्फ राखेर शरीर झुकाइन्छ । साथै टाउको भूइँमा अड्याएर र हातहरू पनि खुल्ला रुपमा अघिल्तिर वा पछाडि तिर राखिन्छ । यो आसन गर्न एकदमै सजिलो छ, साथै कम्मर दुखाइ कम गर्न लाभदायक पनि छ । यसले कम्मरको मांसपेशीलाई आराम दिनुका साथै कब्जियतलाई निको पार्न पनि सहयोग गर्छ ।
यसैगरी सुप्त मत्स्येन्द्रासन पनि गर्न सकिने र यो सरल भएको पनि श्रेष्ठले बताउनुभयो । यो आसन गर्दा उत्तानो परेर सुत्नुपर्छ, त्यसपछि दाहिने घुँडालाई देबे्र हातको सहायताले देब्रेपट्टी नै अगाडि बढाउने साथै दाहिने हात र अनुहार भने दाहिने पट्टीफर्काउनुपर्छ । यो आसन मेरुदण्डको हड्डीलाई मजबुत गराउन सहयोग गर्छ । त्यस्तै आयुर्वेद डा.रुवि बज्राचार्यले योगले धेरै रोग कमगर्न मदत गर्ने जानकारी दिदै केही योग आसनबारे बताउनुभयो ।
उष्ट्रासन
‘उष्ट्र’ एक संस्कृत भाषाको शब्दहो । र यसको अर्थ ‘ऊँट’ हो । उष्ट्रासनलाई अंग्रेजीमा ‘क्यामेल पोज’ भनिन्छ । यो आसनगर्न सुरुमा घुँडा टेकेर बस्नुपर्छ । र टाउको मास्तिर फर्काएर दुबै हातले खुट्टा समाउनपर्छ । यसले कम्मर र काँधलाई मजबुत बनाउनुका साथै कम्मरको दुखाइकम गर्छ ।

मार्जरासन
मार्जरको अर्थ बिरालो हो । यस आसन गर्नका लागि सुरुमा दुबै हातलाई भुईंमा राख्नुपर्छ । त्यसपछि हातमा शरीरको भार राखि कम्मरलाई केहि माथि उठाउनु पर्छ । यो गर्दा पिठ्यु, गर्धन र टाउकोको भाग समान राख्ने र उठाएर गोल बनाउनुपर्छ । यसबेला शरीरको पूरा भार हात र घुँडाले थाम्नु पर्छ । मार्जरासनले काँध, कम्मर तथा पिठ्युको दुखाइ कम गरी शरीरमा रक्तसंचार समेत राम्रो सँग प्रवाह गर्छ ।
शवासन
शवासन, योग विज्ञानको महत्वपूर्ण आसनहो । आम रूपमा शवासन सरल आसनहो । किनकी कुनै पनि व्यक्ति उत्तानो परेर हातखुट्टा फैलाएर एकाग्रह हुने आसनहो । तर शवासन योग विज्ञानको सबैभन्दा कठिन आसनहरूमध्ये एक हो । यसमा एकाग्रता आवश्यक हुन्छ । यो अन्य योग गरिसकेपछि गरिने योग आसनहो । यो आसन गर्नाले शरीरको भित्री भागसम्म आराम मिल्छ ।अपनासना
यो आसन गर्नाले कम्मरको दुखाई कम गर्छ । साथै पेटका मांशपेशीहरू मजबुत गराउन मद्दत गर्छ । यसले पेटमा रगतको सञ्चार पनि बढाउँछ । साथै यसले दुखाइबाट पनिआराम दिन्छ । यो आसनगर्दा उत्तानो परेर सुतिन्छ । त्यसपछिदुबै घुँडालाई हातले तानेर छातिमा टाँसिन्छ ।