स्वास्थ्य | खुला |

वीर अस्पतालमा आगलागी

गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख १ गते । वीर अस्पतालमा आज आगालागी भएको छ । बुधबार दिउँसाे नयाँ बनाउँदै गरेकाे वार्डमा आगलागी भएको र आगालगीबाट एक थान कम्युटर जलेर नष्ट हुनुका साथै केही फर्निचर जलेको वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले जानकारी दिनुभएको छ । निर्माणाधीन वार्डमा विद्युत सर्ट भइ आगलागी भएकाे निर्देशक डा.सेन्चुरीले  बताउनुभयो ।