स्वास्थ्य |

कोभिडको उपचार र जनगुनासको अनुगमन गर्न भगवान कोइरालाको नेतृत्वमा समिति गठन

सरोज ढुङ्गेल
काठमाडौं,वैशाख २९ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालाको नेतृत्वमा कोभिड १९ अनुगमन समिति गठन गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काउन्सिलका अध्यक्ष अध्यक्ष रहने गरी कोभिड १९ अनुगमन समिति गठन गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले कोभिड १९ सम्बन्धि अनुगमनका लागि मन्त्रीस्तरीय निर्णय गर्दै समिति गठन गरिएको जानकारी दिनुभयो । अनुगमन समितिका अन्य सदस्यहरुमा मन्त्रालयका गुणस्तरमापन महाशाखा प्रमुख डा. मदन उपाध्याय, नेपाल फार्मेसी काउन्सिलका अध्यक्ष प्रज्वलजंग पाण्डे, स्वास्थ्य व्यवसायी परिषदका अध्यक्ष मोहनकृष्ण श्रेष्ठ, नर्सिङ्ग काउन्सिल अध्यक्ष रहनेछन् ।
यस्तै नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा. लोचन कार्की, निजी अस्पताल एसोसिएसनका अध्यक्ष वसन्त चौधरी, नेपाल डेण्टल एसोसिएसनका अध्यक्ष डा. सुमित मास्के र नेपाल मेडिकल कलेज एसोसिएसनका अध्यक्ष बसुरुद्धीन अन्सारी हुनुहुन्छ । समितिको सदस्यसचिव मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारी हुनुहुनछ । उक्त समितिले कोरोनाको उपचार भइरहेको अस्पतालहरुमा भइरहेको व्यवस्थापन, उपचार र जनगुनासोलाई अध्ययन गर्ने अधिकार दिइएको छ ।