काठमाडौँ उपत्यकामा अहिलेसम्म तीन हजार २६० जना सङ्क्रमितकाे मृत्यु
गाेरखापत्र अनलाइन
काठमाडाैं, साउन ४ गते । काठमाडौँ उपत्यकामा पछिल्लो समय ४७४ सङ्क्रमित थपिएका छन् ।
काठमाडौँमा ३३०, ललितपुरमा ५६ तथा भक्तपुरमा ८८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौँमा पाँच हजार ३११, ललितपुरमा ९०७ र भक्तपुरमा ८७७ सकृय सङ्क्रमित रहेका छन् ।
यस्तै, काठमाडौँमा अहिलेसम्म एकहजार ९३३, ललितपुरमा ९५३ र भक्तपुरमा ३७४ जनाकाे मृत्यु भइसकेकाे छ । याेसँगै काठमाडौँ उपत्यकामामा तीन हजार २६० जना सङ्क्रमितकाे मृत्यु भइसकेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।