स्वास्थ्य |

काठमाडौँ उपत्यकामा आज ९९९ सङ्क्रमण पुष्टि, आजसम्म दुईहजार ९१६ जनाकाे मृत्यु

 

गाेरखापत्र अनलाइन  

काठमाडाै, साउन ११ गते । काठमाडौँ उपत्यकामा ९९९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

तीमध्ये काठमाडौँमा ६७७, ललितपुरमा १९७ र भक्तपुरमा १२५ जना रहेको मन्त्रालयले जनाएको छ । 

काठमाडौँमा जिल्लामा पाँच हजार ९१०, ललितपुरमा एकहजार १६३ र भक्तपुरमा ९३६ जना सकृय सङ्क्रमण रहेकाे छ ।

तीनवटै जिल्लामा गरी उपत्यकामा अहिलेसम्म दुई लाख ७८ हजार ४१ जना सङ्क्रमित भैसकेका छन् । उपत्यकामा दुई लाख ६७ हाजर ११६ जना काेराेना भाइरस सङ्क्रमणमुक्त भएका छन् । नेपाल सङ्क्रमणमुक्त हुने दर ९४.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

नेपालमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुने दर १.४३ प्रतिशत रहेकोमा उपत्यकामा मात्रै दुई हजार ९१६ जनाकाे काेराेनाका कारण मृत्यु भएकाे छ ।