स्वास्थ्य |

दुई हजार ४५६ जनामा सङ्क्रमण पुष्टि, एक हजार ९२९ निको भए

काठमाडौं, भदाै १ गते । पछिल्लो २४ घण्टामा दुई हजार ४५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ११ हजार ५६५ वटा आरटी पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै, छ हजार १२४ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८१८ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ९२९ जना कोरोना सङ्क्रमित निको भएका छन् भने सङ्क्रमणका कारण २७ जनाको मृत्यु भएको छ । योसँगै दश हजार ३५४ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म ९३.२३ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा एक लाख ४४ हजार ५२८ जनाले खाेप लगाएका छन् । नेपालमा अहिले ३९ हजार ८७१ जना सक्रिय सङ्क्रमित छन् । जसमा ७९० जना सघन कक्षमा र १९१ जना भेन्टिलेटरमा रहेर उपचार गराइरहनुभएकाे छ ।