स्वास्थ्य |

काठमाडौँ उपत्यकामा शुक्रबार ८९४ सङ्क्रमित, अहिलेसम्म तीन हजार ६९ काे मृत्यु

गाेरखापत्र अनलाइन

काठमाडाैं, भदाै ४ गते । काठमाडौँ उपत्यकामा ८९४ काेराेना भाइरसका सङ्क्रमित थपिएका छन् । काठमाडौँमा ६०४, ललितपुरमा १८७ र भक्तपुरमा १०७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौँमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ८६७, ललितपुरमा दुई हजार २९० र भक्तपुरमा एक हजार ४७४ रहेको छ ।

यस्तै, काठमाडौँमा दुई हजार ४० जना, ललितपुरमा ६२७ र भक्तपुरमा ४०२ जनाकाे काेराेना भाइरसकाे कारण मृत्यु भएकाे छ । याेसँगै उपत्यकामा तीन हजार ६९ जनाकाे मृत्यु भइसकेकाे छ ।