स्वास्थ्य |

काठमाडौँ उपत्यकामा ७३३ सङ्क्रमित, तीन हजार ११८ सङ्क्रमितकाे मृत्यु

गाेरखापत्र अनलाइन

काठमाडौँ, भदाै १० गते । काठमाडौँ उपत्यकामा ७३३ काेराेना भाइरसका सङ्क्रमित थपिएका छन् । काठमाडौँमा ५६१, ललितपुरमा १०६ र भक्तपुरमा ६६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौँमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या छ हजार ५८७, ललितपुरमा दुई हजार २२० र भक्तपुरमा एक हजार ४७८ रहेको छ ।

यस्तै, काठमाडौँमा दुई हजार ७४ जना, ललितपुरमा ६३६ र भक्तपुरमा ४०८ जनाकाे काेराेना भाइरसकाे कारण मृत्यु भएकाे छ । याेसँगै उपत्यकामा तीन हजार ११८ जनाकाे मृत्यु भइसकेकाे छ ।