स्वास्थ्य |

काठमाडौं उपत्यकामा ७१९ जनालाई संक्रमण पुष्टि

काठमाडाैं, भदाै १६ गते । पछिल्लाे २४ घण्टामा काठमाडौं उपत्यकामा ७१९ जनालाई संक्रमण पुष्टि भएकाे छ। काठमाडौंमा ४७१, ललितपुरमा १०२ र भक्तपुरमा १४६ संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हाे ।

यस्तै, काठमाडौं उपत्यकाका तीनवटा जिल्लासहित नेपालमा २० जिल्लाहरूमा पाँचसय भन्दा बढी संक्रमित रहेका छन् । 

नेपालमा अहिले १९.५ प्रतिशत संक्रमण दर रहेकाे छ ।