स्वास्थ्य | प्रदेश |

आईसियू अभावमा विद्यार्थीको निधन

सन्तोष राउत
सोलुखुम्बु, असोज ७ गते । सोलुखुम्बुको कोसीपारीको क्षेत्रमा आईसियू अभावमा एक विद्यार्थीको ज्यान गएको छ । केही दिनदेखि ज्वरोसहितको मौसमी फ्लुबाट ग्रसित सोताङ २ स्थित मदन–आश्रित विद्यालयका आठ वर्षीय बाबुराम राईको निमोनियाका कारण बुधबार राती निधन भएको हो ।

प्राथमिक अस्पताल सोताङमा अन्तिम अवस्थामा ल्याइएका राईको त्यहाँ उपचार हुन नसकेपछि ज्यान गएको थियो । अस्पताल लैजाँदैगर्दा राईको बाटैमा मृत्यु भएको अस्पतालका डाक्टर नारायण बरालले जानकारी दिनुभयो ।

कडा निमोनियाका कारण आईसियू अभावमा राईलाई बचाउन नसकिएको डा. बरालको भनाइ छ । सोताङमा अधिकांश मौसमी फ्लुका बिरामी बढेको अस्पतालले जनाएको छ । अस्पतालमा आइसियू सेवा नहुँदा बिरामी समस्यामा पर्दैगएको स्थानीयको गुनासो छ ।