स्वास्थ्य |

५२२ जना सङ्क्रमित थपिए, तीन जनाकाे मृत्यु

काठमाडौं, कात्तिक ७ गते । पछिल्लो २४ घण्टामा ५२२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । छ हजार ६१ वटा आरटीपीसीआर परीक्षण गर्दा ५२२ र एक हजार ५६४ वटा एन्टीजेन परीक्षण गरिएकोमा ३५ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.३ प्रतिशत रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा ८७७ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, पछिल्लो २४ घण्टामा तीन जना सङ्क्रमितको मृत्यु भएको छ ।