स्वास्थ्य | प्रदेश |

एक विद्यालय एक नर्स कार्यक्रम लागु भएपछि विद्यार्थीको दीर्घरोग निको

बाबुराम शर्मा
चरीकोट, मङसिर २ गते । दोलखाको सदरमुकाम चरीकोटस्थित भीमेश्वर नगरपालिका– ६ मा रहेको पशुपति कन्या मन्दिर माध्यमिक विद्यालयका छात्राहरुमा देखिने दीर्घरोग (बेहोस हुने रोग) अहिले अन्त्य भएको छ ।

विद्यालयमा प्रदेशस्तरीय एक विद्यालय एक नर्स कार्यक्रम लागू भएको दुई वर्षमै छात्राहरुमा बेहोस हुने रोग अहिले निमिट्यान्न भएको प्रधानाध्यापक गोविन्दनारायण मानन्धरले जानकारी दिनुभयो । उहाँकाअनुसार कार्यक्रमले विद्यलायमा अनियमितता हुने पनि अन्त्य भएको छ । छात्राहरुलाई उनीहरुका गोप्य कुरा पनि नर्सलाई भन्न सजिलो भएको छ ।

महिनावारी भयो कि छ–सात दिन अनुपस्थित हुने बानी पनि छुटेको छ । परामर्श र स्वास्थ्य सेवाले विद्यालयको दीर्घरोगजस्तो मानिएको बेहोस हुने रोग पनि पूरै रोकिएको छ । पहिला दिन कम्तिमा आठ–दश जना बेहोस हुने गरेका थिए ।

“अभिभावकलाई बोलाएर घर पठाउनु पथ्र्यो । अभिभावकबाट कस्तो विद्यालय हो, सद्दे पठायो बिरामी लिएर जानुपर्ने भन्ने ठाडो गाली सुन्नु पथ्र्यो” प्रधानाध्यापक मानन्धरले खुसी व्यक्त गर्नुभयो । विद्यालयमा कार्यरत नर्स सन्तोषी कार्कीकाअनुसार सुरुमा दिनमा आठ–दश जना बेहोस हुँदा त तनाब नै हुन्थ्यो उहाँले भन्नुभयो । “यो दुई वर्षको अन्तरालमा बेहोस् हुन पूरै बन्द भएको छ । आप्mना समस्या खुलेर भन्न थालेका छन् । महिनावारी हुँदा अनुपस्थित हुने समस्या पनि हल भएको छ” उहाँले जानकारी दिनुभयो ।

बाल कक्षादेखि १० सम्मका छात्रालाई कक्षागत रुपमा परामर्श दिने र उपचार गर्ने गरेपछि धेरै समस्याहरु हटेर गएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “वर्षमा दुई पटक अभिभावकलाई विद्यलायमा बोलाएर आफ्ना बच्चाहरुका समस्यामा नहिचकिचाइ सहज तरिकाले सहयोग गर्न परामर्श दिने गरिएको छ । यसबाट पनि समस्यामा कमी आएको देखिएको छ ।”

विद्यलायमा स्यानीटरी प्याडको पनि व्यवस्था गरिएको उहाँले बताउनुभयो । प्राथमिक उपचार गरिनुका साथै प्प्यारासिटामोलजस्ता दुःखाई कम हुने औषधि समेत प्रदान गरिने गरिएको उहााले बताउनुभयो । प्रदेशस्तरीय एक विद्यालय एक नर्स कार्यक्रम यहाँका नौ वटै पालिकमा तीन–तीन वटाका दरले सञ्चालनमा रहेको छ ।