गोरखापत्र संस्थानमा स्वास्थ्य शिविर
गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर १० गते । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहयोगमा गोरखापत्र संस्थानमा कार्यरत पत्रकार तथा कर्मचारीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।
गोरखापत्र संस्थानको व्यवस्थापनमा नेपाल पत्रकार महासङ्घ, गोरखापत्र प्रतिष्ठान शाखाद्वारा शुक्रवार आयोजित स्वास्थ्य शिविरमा मुटु, कलेजो मिर्गौला, पिसाव परीक्षण, ग्याष्ट्रोलोजि, हेपाटोलोजी, युरोलोजी, इसिजी, इको र भिडियो एक्सरेको सेवा एकसय ६४ जनाले लिनुभएको थियो ।
संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले निःशुल्क स्वास्थ्य शिविरमा सेवा दिन सहभागी हुनुभएका चिकित्सकको टोलीप्रति आभार व्यक्त गर्नुभयो ।
उहाँले व्यस्त जीवनमा स्वास्थ्यलाई कम महत्व दिदा स्वास्थ्यमा निक्कै असर पार्ने वास्तविकताप्रति सचेत हुनुपर्ने बताउनुभयो ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले मुलुककै जेठो सञ्चारमाध्यममा आएर स्वास्थ्य शिविरमा सेवा दिन पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले स्वास्थ्यलाई प्राथमिकता दिएमात्र जिवन सार्थकता हुने बताउनुभयो ।
उहाँले मष्तिस्क मृत्यु भएका व्यक्तिको अङ्गदानको सम्वन्धमा गोरखापत्रले गरेको निरन्तर समाचार लेख्दा त्यस्ता व्यक्तिको परिवारले अङ्गदान गर्न सहमत जनाएर छ जनालाई मिर्गौला र एकजनालाई कलेजो समेत प्रत्यारोपण गरिएको जानकारी दिनुभयो ।
नेपाल पत्रकार महासङ्घ, गोरखापत्र शाखाका अध्यक्ष सरोज ढुङ्गेलले आफुले स्वास्थ्य रिपोर्टिङको सिलसिलामा समयमै स्वास्थ्य परीक्षण गर्दा भोग्नुपरेको पीडाले स्वास्थ्य शिविर आयोजनाको प्रेरणा मिलेको बताउनुभयो । उहाँले वर्षमा एक पटक स्वास्थ्य शिविर आयोजना गरि सस्थानमा रहेका कार्यरत पत्रकार तथा कर्मचारीहरुको स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउने जानकारी दिनुभयो ।
शिविरमा गौरब पन्तको संयोजकत्वमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ, वरिष्ठ मिर्गौला रोग विशेषज्ञहरु डा.सुसन सिंह, डा.विक्रम बज्राचार्य, डा. ललित यादवको उपस्थिति रहेको थियो । यस्तै मुटुरोग विशेषज्ञहरु डा.प्रवेश न्यौपाने र डा. पारस कोइरालाले सेवा दिनुभएको थियो । यस्तै युरोलोजिष्टहरु डा. रविकिरण गौतम, हेपाटोलोजिमा डा. अनिसा तिवारी, रेडियोलोजीमा डा. गौरव श्रेष्ठ र ग्याष्ट्रोलोजीमा डा. कर्ण राजवंशीले स्वास्थ्य सेवा दिनुभएको थियो । यस्तै डा. शान्ता पौडेल, डा. लक्ष्मीप्रसाद त्योयाना, डा.आइस्टाइन लघु, डा.अम्बिका आचार्य, डा.सुदिप बुढाथोकीले सेवा पु¥याउनुभएको थियो । यसैगरी अंगप्रत्यारोपणबारे सनिसा कार्की र सरु कोजुले सेवा दिनुभएको थियो । यस्तै यसैगरी डा.लक्ष्मीप्रसाद लामना, डा.प्रवेश न्यौपाने, रूवि मानन्धर, सरू कोजु, निलम पण्डित, गौरव श्रेष्ठ, रविना श्रेष्ठ र सविता ताम्राकार, शान्ता पौडेलले सेवा दिनुभएको थियो । यस्तै निलम पण्डितले इको तथा इसिजीको सेवा प्रदान गर्नुभएको थियो । यसैगरी ल्याबमा साइराम बस्नेत र विवेक पण्डितले सेवा दिनुभएको थियो । यस्तै सविता ताम्राकार,सोफिया रत्न,प्रियका कारञ्जित,रविना श्रेष्ठ र रुवि मानन्धरले नर्सिङ सेवा उपलब्ध गराउनुभएको थियो ।
उक्त स्वास्थ्य शिविरमा २६ जना चिकित्सक तथा नर्स लगायत स्वास्थ्यकर्मीहरुको सहभागिता थियो । स्वास्थ्य शिविर पछि सम्पन्न कार्यक्रममा डा.पुकारचन्द्र श्रेष्ठलाई स्वास्थ्य शिविरमा उल्लेख्य योगदान दिएबापत गोरखापत्र सस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले सम्मानपत्र प्रदान गर्नुभएको थियो । यस्तै शिविर आयोजना सफल पार्न सहयोग गरेको भन्दै पत्रकार महासंघ गोरखापत्र शाखाका अध्यक्ष सरोज ढुंगेलले सस्थानका कार्यकारी विष्णु सुवेदीलाई सम्मान गर्नुभएको थियो । यस्तै स्वास्थ्य शिविरमा सहभागि चिकित्सक तथा नर्सहरुलाई महासंघका अध्यक्ष सरोज ढुंगेलले कदरपत्र सहित सम्मान गर्नुभएको थियो ।