स्वास्थ्य |

जाडोमा छालाकाे हेरचाह गर्ने दश विधि

 काठमाडाैं,मङ्सिर १८ गते ।  जाडोमा छाला सुक्खा हुने, फुट्ने, छाला निस्किने र घाउ हुने सम्भावना रहन्छ । छाला का यी समस्याबाट बच्न छालाको हेरविचार गर्नु पर्ने हुन्छ । जाडो महिना भ्यास्लिन अथवा कुनै पनि तेल भएको मोइस्चराइजेर छलामा लगाईराख्ने । तेल भएका मोइस्चराइजेरले छालामा तेलको पत्र बनाई छालामा पानीको मात्रा बनाई राख्छ । अल्कोहल र पानी भएका मोइस्चराइजेर लगाउनु हुन्न । यिनीहरुले छाला झन् सुक्खा बनाउने गर्दछन् ।

साथै सबै तेल भएका मोइस्चराइजर अनुहारका लागि उपयुक्त हुँदैनन् र आफ्नोछाला लाई उपयुक्त हुने खालको भिटामिन इ र सी भएको मोइस्चराइजर लगाउनु पर्ने छाला यौन तथा कुस्ट रोग बिसेसज्ञ डा .प्रज्वल पुडासैनी बताउनुहुन्छ ।

साथै जाडोमा मनतातो पानीले थोरै समय लगाएर नुहाउने र नुहाउने बेला मा धेरै तातो पानीले लामो समय लगाएर ननुहाउने । धेरै तातो पानीले छालामा भएका प्राकृतिक तेलहरु लाई नाश गर्दछ र तेलको मात्रा घटाई छालालाई थप सुक्खा बनाउँछ ।

आफ्नु शरीरको छालालाई सकेसम्म बाहिरी हावा र धूलोबाट बचाउने । तेस्कालागि पूरा शरीर ढाक्ने गरी लुगा लगाउने , पन्जा मोज लगाउने र बेला बेलामा मोइस्चराइजर लगाई राख्ने। हत्केलाहरुमा प्राकृतिक तेल हरु बनाउने ग्रन्थीहरु क्म हुने हुनाले बेला बेलामा मोइस्चराइजर प्रयोग गर्नाले हात को छाला फुट्ने समस्या कम हुने डा.पुडासैनीको राय छ ।

साथै जाडो सम्भव छ भने कोठाको हावा ओसिलो बनाउन रुम ह्युमीडीफेयर प्रयोग गर्ने । हावा ओसिलो भैराखेमा छाला सुक्खा हुँदैन र छाला फुट्ने, र निस्किने सम्भावना कम हुन्छ। हात खुट्टा धोए पछि र नुहाउने बितिकै मोइस्चराइजर प्रयोग गर्ने, जसले गर्दा छालामा भएका पानि र तेल को मात्रा बनी राक्छ र छालाका रोगहरु लाग्न दिँदैन।

साथै छालाको पनीको मात्रा नै छाला को सुन्दरता र चिल्लोपना बनाई राख्न महत्वोपूर्ण हुने हुँदा, जाडो महिनामा पानि प्रसस्त पिउनु पर्ने हुन्छ र आफ्नो स्वस्थ खानामा ओमेगा ३ फट्टी एसिड पनि संलग्न गर्नु पर्ने हुन्छ ।

जाडोमा ओठमा बेला बेलामा लिपबाम लगाई राख्ने । जाडो ओठ फुट्ने समस्या हुने हुँदा ओठलाई सकेसम्म चिल्लो बनाई राख्ने , सकिन्छ भने सनस्क्रीन भएको मोइस्चराइजर बेला बेलामा प्रयोग गरिराख्ने ।

जाडो दिनमा घाम नलागे पनि, बादल लागिराखे पनि र घर भित्रै बस्ने भए पनि पर्याप्त मात्रामा सनस्क्रिन लगाईराख्न े। जाडो को घाम र हिउँको समिश्रणले छालामा झन् नकारात्मक असर पर्ने हुदा जाडो मा पर्याप्त मात्रामा सनस्क्रिन लगाई राख्नु पर्ने हुन्छ

जाडो मा सनस्क्रिन को प्रयोग गर्दा अनुहार र घाटीमा एक चिया चम्चा अर्थात् ३ देखि ५ ग्राम सनस्क्रिन लगाउने र, घाम मा जानु १५ मिनेट देखि अधि घण्टा अगाडि सनस्क्रिन प्रयोग गर्ने। सकेसम्म १० बजे देखि ४ बजेसम्म को चर्को घाम मा बाहिर नजाने ।
(डा. प्रज्वल पुडासैनी, एमडी.छाला यौन तथा कुस्टरोग बिसेसज्ञ, निजामती कर्मचारी अस्पतालमा कार्यरत हनुहुन्छ)