स्वास्थ्य | प्रदेश |

भेरी अस्पतालमा थप एक सङ्क्रमितको मृत्यु

सिराज खान
नेपालगञ्ज, मङ्सिर २२ गते । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार गराइरहनुभएका बर्दियाका एक जना सङ्रक्रमितको थप मृत्यु भएको छ । मधुवन नगरपालिका–७ बर्दियाका ४० वर्षीय पुरुषको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

ती पुरुषलाई मङ्सिर ४ गते भाइरस सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएपछि उहाँलाई होम आइसोलेसनमा राखिएको थियो । स्वास्थ्य अवस्था जटिल बनेपछि मङ्गलवार मात्रै भेरी अस्पतालको कोभिड आइसोलेसन वार्डमा भर्ना गरिएकोमा गए राती उहाँको मृत्यु भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिनुभयो ।

योसँगै उपचारका लागि बाहिरी जिल्लाबाट बाँके अस्पताल आएकाको मृत्यु हुनेको सङ्ख्या ४३५ पुगेको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रले जनाएको छ ।