स्वास्थ्य |

जर्मन सरकारद्वारा नेपाललाई करिब साढे ४१ लाख खोप हस्तान्तरण

काठमाडौं, पुस १ गते । जर्मन सरकारले कोभ्यास सुविधामार्फत कोभिड–१९ विरुद्धको मोडर्ना र जोन्सनको करिब साढे ४१ डोज खोप नेपाललाई हस्तान्तरण गरेको छ ।

बिहीबार नेपालका लागि जर्मनीका राजदूत डा. स्टेफन रुसेकले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडालाई आज मोडर्ना र जोन्सनको ४१ लाख ४२ हजार २५० डोज खोप हस्तान्तरण गरेको हो ।

मोडर्ना खोप पुस ४ देखि ५७ जिल्लाका १२ देखि १७ वर्षसम्मका करिब १८ लाख बालबालिकालाई लगाइँदैछ ।  जोन्सनको २१ लाख ७६ हजार ६५० डोज खोप आज नै नेपाल आएको छ ।