स्वास्थ्य | खुला |

सुर्खेतमा पुस १३ गते सुरु हुने फाइजर खोप अभियान स्थगित

मुना हमाल
सुर्खेत, पुस ५ गते । सुर्खेतमा बालबालिकाका लागि पुस १३ गतेदेखि सञ्चालन गर्ने भनिएको फाइजर खोप अभियान स्थगित भएको छ । १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाइने फाइजर खोपको कार्यतालिका केही दिनका लागि स्थगित भएको हो ।

जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख चेतननिधि वाग्लेले खोप अभियान केही दिनका लागि स्थगित गरिएको सूचना स्वास्थ्य सेवा विभागबाट जानकारी आएको बताउनुभयो । अभियानको मिति तय भए पछि पुनः सूचना गरिने उहाँले जानकारी दिनुभयो ।

अभियान स्थगित भए पनि स्वास्थ्यकर्मीहरूको तालिम पूर्वसूचना अनुसार नै हुनेछ । कर्णालीका बाँकी नौ जिल्लामा भने बालबालिकालाई मोडर्ना खोप लगाइनेछ । आइतबारदेखि मोडर्ना खोप लगाउने सुरु गरिएको हो ।