‘खोप सञ्चालन गर्न सिरिन्जको अभाव छैन’
काठमाडौं, पुस ७ गते । सिरिन्ज अभाव कारण खोप कार्यक्रम प्रभावित नहुने आपूर्ति व्यवस्थापन शाखले प्रष्ट पारेको छ । खोप भण्डारणको अनुपातमा सिरिन्ज नभए पनि तत्काल सिरिन्जको अभावका कारण खोप कार्यक्रम प्रभावित नहुने स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख डा. सुरेन्द्र चौरसियाले प्रष्ट पार्नुभयो ।
‘खोप भण्डारणको अनुपातमा सिरिन्ज कम छ, तर सिरिन्ज अभावले खोप कार्यक्रम प्रभावित हुने अवस्था छैन’, गोरखापत्र अनलाइनसँग कुरा गर्दै डा. चौरसियाले भन्नुभयो । नेपालमा खोपको अनुपातमा सिरिन्ज कम हुनु अन्तर्राष्ट्रिय बजारमा सिरिन्जको अभाव रहेको डा. चौरसियाले बताउनुभयो । दुई चार दिनमा नै ५० लाख सिरिन्ज पथलैयामा कलकत्ताबाट आइपुग्ने डा. चौरसियाले जानकारी दिनुभयो ।
प्रदेश १ मा खोपको मात्रा अनुसार सिरिन्ज कम भएकाले खोप अभियानमा बाधा नपुगोस् भनेर शाखाले सिरिन्ज पठाइसकेको डा. चौरसियाले जानकारी बताउनुभयो । सरकारसँग केन्द्र र प्रदेशमा गरेर १ करोड २० लाख डोज खोप भण्डारणमा रहेको छ ।