प्रदेश २ मा १८ वर्ष माथिका सबै नागरिकलाई कोरोना विरुद्धको खोप
काठमाडौं, पुस ८ गते । सरकारले प्रदेश २ मा १८ वर्ष माथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ। पुस महिना भर प्रदेश २ का सबै जिल्लामा खोप अभियान सञ्चालन गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
हालसम्म खोप नलगाएका नागरिकलाई नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरेर खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ। प्रदेश २ का रौतहट, सर्लाही महोत्तरी, धनुषा, सिराहा, सप्तरी, पर्सा र बारामा खोप अभियान सञ्चालन गर्ने मन्त्रालयले जनाएको छ।
प्रदेश २ मा पुस महिनामा भेरोसेल र एस्ट्राजेनेका खोप दिइने मन्त्रालयले जनाएको छ।