शुक्रबार ७७ संक्रमितको आईसीयूमा र २१ को भेन्टिलेटरमा
काठमाडौं, पुस ९ गते । नेपालमा देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा ९१ जना कोरोना संक्रमित उपचाररत छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न विभिन्न आईसीयू र भेन्टिलेटरमा ९१ कोरोना संक्रमितको उपचार भइराखेको छ ।
शुक्रबार ७७ संक्रमितको आईसीयूमा र २१ को भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले नियमित बुलेटिनमार्फत जानकारी गराएको छ ।
कुन प्रदेशमा कति ?
प्रदेश १ मा १७ जना आईसीयूमा र ६ जना भेन्टिलेटरमा उपचाररत छन्। प्रदेश २ मा २ जना आईसीयूमा उपचाररत छन् भने बागमती प्रदेशमा ४५ जना आईसीयूमा र १३ जना भेन्टिलेटरमा उपचारत रहेको मन्त्रायले जनाएको छ।
गण्डकी प्रदेशमा २ जना आईसीयूमा उपचाररत छन्। लुम्बिनी प्रदेशमा ९जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत छन्। सुदूरपश्चिममा २ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत छन्।
शुक्रबार ११८ जना संक्रमित आईसीयू र भेन्टिलेटरमा उपचारत थिए । नेपालमा ५ हजार ४८ जना संक्रिय संक्रमित रहेका छन् ।
नेपालमा अहिलेसम्म ८ लाख २६ हजार ९०१ जना कोरोनाबाट संक्रमित भएका छन् । जसमा ८ लाख १० हजार २७१ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने ११ हजार ५८२ संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।