स्वास्थ्य |

स्थलमार्गबाट ५० लाख सिरिन्ज नेपाल आइपुग्याे

काठमाडौं, पुस ९ गते । शुक्रबार नेपालमा ५० लाख सिरिन्ज आइपुगेको छ । उक्त सिरिन्ज कलकत्ताबाट पथलैयामा आइपुग्एकोे स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाख प्रमुख डा सुरेन्द्र चौरसियाले जानकारी दिनुभयो ।
डा चौरसियाका अुसार उक्त सिरिन्ज युनिसेफको सहयोगमा आएको हो । भोलिनै रिसिन्ज सबै प्रदेशमा पठाउने डा चौरसियाले जानकारी गराउनु भयो ।
सरकारसँग केन्द्र र प्रदेशमा गरेर एक करोड १८ लाख डोज खोप भण्डारणमा रहेको छ ।
खोप भण्डारणको अनुपातमा सिरिन्ज कम भएपनि तत्काल सिरिन्जको अभावका कारण खोप कार्यक्रम प्रभावित नहुने डा चौरसिले बताउँदै आउनु भएको छ।