५ देखि ११ वर्षका बालबालिकाका लागि फाइजरकाे ८४ लाख खाेप खरिद गरिदै
काठमाडौं, पुस १२ गते । नेपालमा ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाउनको लागी छलफल अगाडि बढाएको छ।
खोप सल्लाहकार समितिले सिफारिस गरेपछि र सरकारले निर्देशन दिएपछि खोप लगाउने स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा. सुरेन्द्र चौरसियाले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘ अहिले ५ देखि ११ वर्ष उमेर समुहका खोप लगाउने विषयमा मन्त्रालय र विभागमा सल्लाह हुँदैछ । खोप सल्लाहकार समितिले सिफारिस र सरकारको निर्देशन पछि खोप लगाउन सुरु गर्ने छलफल भएको छ।’
सोही अनुसार आपूर्ति व्यवस्थापन शाखाले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाहरुलाई लक्षित गरी फाइजर खोप खरिदका लागि प्रक्रिया अगाडि बढाएको डा. चौरसियाले जानकारी दिनुभयो ।
‘बालबालिकालाई पुग्ने गरी ८४ लाख डोज फाइजर खोप खरिदका लागि पत्राचार गरेका छौँ ’डा. चौरसियाले भन्नुभयो । यसअघि नेपालमा १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना र फाइजरको खोप दिइएको छ।