निजी अस्पतालहरुलाई पनि कोरोनाविरुद्धको खोप सञ्चालन गर्न आह्वान
काठमाडौं, पुस १३ गते । सरकारले निजी अस्पतालहरुलाई पनि कोरोनाविरुद्धको खोप सञ्चालन गर्न आह्वान गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै सबै मेडिकल कलेज र ५० भन्दा बढी बेड भएका निजी अस्पतालले कोरोना खोप केन्द्र सञ्चालन गर्न सक्ने बताएको छ ।
खोप केन्द्र सञ्चालन गर्न चाहने अस्पतालले सम्बन्धित जिल्लाको स्वास्थ्य संस्थासँग समन्वय गरी १८ वर्षभन्दा माथिका नेपाली नागरिकहरुलाई सरकारको नियमानुसार खोप उपलब्धका आधारमा बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म खोप कार्यक्रम सञ्चालन गर्न मन्त्रालयले आग्रह गरेको छ ।