प्रदेश १ को मोरङमा सबैभन्दा बढी सङ्क्रमित
विराटनगर, पुस २४ गते । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश १ को मोरङमा सबैभन्दा बढी २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा सुनसरीमा पाँच, उदयपुरमा एक र प्रदेश बाहिर एक जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
स्थानीय पालिका अनुसार मोरङको विराटनगर महानपादिकामा २०, उर्लाबारीमा दुई, रङ्गेली र धनपालथानमा एक÷एक, सुनसरीको धरानमा पाँच, उदयपुरको त्रियुगामा एक र प्रदेश बाहिरका एक जना गरी कूल ४३ जनामा सङ्क्रमण देखिएको हो ।
सङ्क्रमित १६८ जनाको पीसीआर परीक्षण गर्दा ३१ र १६० जनाको एन्टिजेन परीक्षण गर्दा १२ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेशमा आजै तीन महिलासहित सात कोरोना सङ्क्रमणमुक्त भएका छन् भने प्रदेशमा अझै १९२ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।