स्वास्थ्य | प्रदेश |

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठक बस्ने


काठमाडौं, पुस २७ गते ।  काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक मङ्गलबार दिउँसो बस्ने भएको छ ।

कोभिड–१९ महामारीको नयाँ स्वरुप ओमिक्रोनको सङ्क्रमण बढ्न थालेपछि यसको नियन्त्रणका सम्बन्धमा तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्न लागिएको भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनुभयो ।

आइतबार कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएसीसी)ले सिफारिस गरेका विषयवस्तुमाथि छलफल हुने उहाँले बताउनुभयो ।