'डेल्टा र ओमिक्राेन एकै पटक फैलिए भयावह रुप लिन सक्छ'
सिर्जना खत्री, दृश्यमा मनोजरत्न शाही /केशव गुरुङ्ग
काठमाडौं, पुस २९ गते । नेपालमा पछिल्लो समय कोरोना संक्रमणदर तीव्र गतीमा बढ्दै गएको छ । सरकारले कोरोना महामारीको तेस्रो लहर भनेर घोषणा नगर ेपनि पछिल्ला केही दिनयता कोरोना संक्रमितको संख्या ह्वात्तै बढेकोले धेरैले तेस्रो लहर फैलिसकेको अनुमान गरेका छन् ।
भारत लगायत अन्य देशमा तिव्र गतिमा फैलिएका कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन नेपालमा पनि २७ जनामा पृष्टि भैसकको छ ।
संक्रमणदर बढेपनि अहिले ओमिक्रोन फैलिएको हो वा होइन भने र आधिकारीक रुपमा मन्त्रालयले बताएको छैन ।
ओमिक्रोनबाट संक्रमण भएकाहरुमा डेल्टा भेरियन्टको तुलनामा अस्पताल भर्ना हुने दर कम देखिएको छ । तर नेपालमा ओमिक्रोनसँगै यसअघि देखिएको डेल्टा भेरिएन्ट पनि कायमै छ ।
ओमिक्रोन भेरियन्टले स्वासप्रस्वासको माथिल्लो भागमा असर पु¥याउने अनुसन्धानमा खुलेको छ । तर यदि डेल्टा र ओमिक्रान एकै पटक फैलियो भने यसले भयावह रुप लिने र अस्पतालले धान्न नसक्ने विज्ञहरुले तर्क गर्दै आएका छन् ।
ओमिक्रोनले त्यति गाहे नबनाए पनि यदि समाजमा फैलियो र दीर्घ रोगीहरुलाई सर्यो भने भयावह अवस्था हुने र अहिले भएको स्रोत साधानले धान्न नसक्ने जनस्वास्थ्यविद् डा बाबुराम मरासिनी बताउनुहुन्छ ।
संक्रमणलाई नियन्त्रण गर्न सबैले सरकारले बनाएका नियम तथा जनस्वास्थ्यका मापदण्डको पालन गर्न डा. मरासीनीले सुझाव दिनुहुन्छ ।
डा. मरासिनीका अनुसार सरकारले यसलाई रोकथाम गर्न खोपसबै नागरिकसम्म पु-याउने, माक्सलाई अनिवार्य गर्न सकेमात्रा यसलाई रोकथाम गर्न सकिन्छ ।
के नेपालमा कोरोनाको तेस्रो लहर सुरु भएको हो ? तेस्रो लहर फैलन नदिन सरकारले कस्तो तयारी गर्र्नु पर्ला? नेपालमा डेल्टा र ओमिक्रान भेरिएन्ट नेपालमा दुवै छन् कतिको घातक छन् ?लगायतका विषयमा रहेर जनस्वास्थ्यविद् डा बाबुराम मरासिनीसँग भिडियो कुराकानी गरेका छौँ ।