स्वास्थ्य | राष्ट्रिय |

टेकु अस्पतालमा खोप अभियान स्थगित

काठमाडौं, माघ ९ गते। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना भाइरस विरुद्धको खोप अभियान स्थगित भएको छ । अस्पतालले आइतबार विज्ञप्ति निकाल्दै माघ १० गते देखि १६ गतेसम्म सात दिनको लागि खोप अभियान स्थगित भएको जानकारी दिएको हो ।

अस्पतालका ५० भन्दा बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कोभिड–१९ बाट संक्रमित भएपछि खोप अभियान स्थगित गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।