स्वास्थ्य | मुख्य समाचार |

कोरोना परीक्षणको विवरण पठाउन आग्रह

काठमाडौं माघ १६ गते। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले प्रयोगशाला बाहिर गरिएको कोरोना परीक्षणको विवरण पठाउन आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट सूचीकृत किटहरु किनेर कोरोना परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएमा उक्त विषयको जानकारी आग्रह गरेको हो।

प्रयोगशाला बाहिर गरीएका परीक्षणको नतिजाको जानकारी प्राप्त नभएको र जसले गर्दा महामारी व्यवस्थापनका लागि संक्रमितको तथ्यांक प्राप्त हुन नसकेको महाशाखाले जनाएको छ।

महाशाखाले उक्त विवरण इमेल तथा कल सेन्टरको निस्शुल्क नम्बर १११५ मा एसएमएस गर्न अनुरोध गरेको छ।