ललितपुरमा माघ २० बाट बालबालिकालाई फाइजको दोस्रो मात्रा लगाइने
काठमाडौं माघ १७ गते । ललितपुरका १२ वर्षदेखि १७ वर्ष सम्मका पहिलो मात्रा फाइजर खोप लगाएका बालबालिकालाई दोस्रो मात्रा खोप दिईने भएको छ।
ललिपुर महानगरपालिकाले सूचना निकाल्दै उक्त उमेर समुहका बालबालिकालाई माघ २० गते देखि २५ गते सम्म दोस्रो मात्रा खोप दिने जानकारी दिएको हो। खोप अभियान बिहान १० बजे देखि ४ बजेसम्म चल्ने जनाइएको छ।
पुस २७ गते खोप लगाएकाहरुलाई माघ २० गते वडा नम्बर १ देखि ४ गतेसम्मका विद्यालयमा खोप केन्द्र तोकिएको छ ।
पुस २८ गते खोप लगाएकालाई माघ २१ गते वडा नम्बर ५ देखि ८ सम्मका विद्यालयमा खोप केन्द्र तोकिएको छ। त्यस्तै पुस २९ गते खोप लगाएकालाई माघ २३ गते वडा न ९ देखि १४ र १५ का केही विद्यालयमा खोप केन्द्र तोकेको जनाइएको छ ।
पुस ३० गते खोप लगाएकालाई माघ २४ गते वडा न १५ का बाँकी विद्यालय र वडा न १६ देखि २१ सम्मका विद्यालयमा खोप केन्द्र तोकिएको छ ।
माघ २ गते खोप लगाएकाको हकमा महानगरपालिकाले माघ २५ गते वडा न २२ देखि २९ सम्मका विद्यालयमा खोप केन्द्र तोकिएको छ ।