बाँकेमा थप एक संक्रमितको मृत्यु
सिराज खान
नेपालगञ्ज, माघ १९ गते । कोरोना संक्रमणबाट बाँके जिल्लामा थप एक जनाको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । जिल्लाको खजुरा गाउँपालिका २ का ८५ वर्षीय बृद्धको मृत्यु भएको कोभिड व्यवस्थापन समिति बाँकेले जनाएको छ ।
कोभिड व्यवस्थापन समिति बाँकेका कोरोना फोकल पर्सन तेज ओलीकाअनुसार भेरी अस्पतालमा गत पुस २३ गते पीसीआर परिक्षण गर्दा कोरोना पोजेटिभ भएपछि स्वास्थ्य अवस्था बिग्रेपछि ती बृद्ध पुरुषलाई २४ गते अस्पतालमा भर्ना गरिएको थियो ।
उपचार जारी रहेकै स्वास्थ्यमा सुधार नआएपछि बुधबार बिहान ८ः४५ बजेतिर उहाँको मृत्यु भएको फोकल पर्सन ओलीले जानकारी दिनुभयो । यो सँगै कोरोना संक्रमणबाट बाँके जिल्लाका स्थानीय वासिन्दामध्ये ३४७ जनाको मृत्यु भएको छ । कोरोना संक्रमित भएर बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका ४४१ जनाको मृत्यु भएको कोभिड व्यवस्थापन समिति बाँकेले जनाएको छ ।