भेरी अस्पतालमा कोरोना सङ्क्रमित महिलाको मृत्यु
सिराज खान
नेपालगञ्ज, माघ २४ गते । कोरोना सङ्क्रमणबाट भेरी अस्पतालमा बर्दियाकी एक महिलाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–३ की ६५ वर्षीय महिलाको गएराति १० बजे मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेका फोकल पर्सन तेज ओलीले बताउनुभयो ।
फोकल पर्सन ओलीका अनुसार माघ २२ गते भेरी अस्पतालमा कोरोना परीक्षण गराउँदा पोजिटिभ रिपोर्ट आएकोमा उहाँलाई सोही दिन कोभिड वार्डमा भर्ना गरेर उपचार सुरु गरिएको थियो ।
तर स्वास्थ्यमा सुधार नआएकोले उपचारकै क्रममा गएराति १० बजे मृत्यु भएको जानकारी भेरी अस्पतालले गराएको उहाँले बताउनुभयो ।
समितिका अनुसार अहिलेसम्म बाँकेका ३४९ जनाको कोभिडबाट मृत्यु भएको छ भने बाँकेमा उपचाररत बाहिरी जिल्लाका ४४३ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।