स्वास्थ्य |

७१ जिल्ला र ६४४ स्थानीय तहले बुझाए खोप विवरण

काठमाडौं, माघ २४ गते । सातै प्रदेशका ७१ जिल्ला र ६४४ स्थानिय तहले बुझाए खोप विवरण बुझाएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले माघ २१ गतेसम्म कोभिड खोपको अभिलेख सार्वजनिक गर्ने ७१ जिल्ला र ६४४ स्थानियतहलाई आभार व्यक्त गरेको छ ।

मन्त्रालयले सुचना निकाल्दै बाँकी रहेका ६ जिल्ला र १०९ स्थानीय तहहरुलाई समेत खोपको मौज्याद यथाशिघ्र छिटो अनिवार्य रुपमा सार्वजनिक गर्न आग्रह गरेको छ ।

माघ १६ गतेको सरकारको निर्णय अनुसार खोप छानविन समिति गठन गरेको थियो । सो समितिको पहिलो बैठकले निर्णय अनुसार कोभिड खोपको मौज्दात र कोभिडे खोप लगाएका सबै व्यक्तिहरुको विवरण DHIS-2 प्रणलीमा अनिवार्य सार्वजनिक गर्न आग्रह गरेको थियो ।