छ जिल्ला तथा १०९ स्थानीय तहले अझै बुझाएनन् खाेपकाे विवरण
काठमाडौं, माघ २४ गते । सातै प्रदेशका ७१ जिल्ला तथा ६४४ स्थानीय तहले बुझाए खोप बिवरण । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ २१ गते सम्म कोभिड खोपको अभिलेख सार्वजनिक गर्ने ७१ जिल्ला तथा ६४४ स्थानीयतहलाई आभार व्यक्त गरेको छ ।
मन्त्रालयले सूचना निकाल्दै बाकी रहेका छ जिल्ला तथा १०९ स्थानीय तहहरुलाई समेत खोपको मौज्याद यथाशिघ्र छिटो अनिवार्य रुपमा सार्वजनिक गर्न आग्रह गरेको छ।
माघ १६ गतेको सरकारको निर्णय अनुसार खोप छानविन समिति गठन गरेको थियो । सो समितिको पहिलो बैठकले निर्णय अनुसार कोभिड खोपको मौज्दात र कोभिडे खोप लगाएका सबै व्यक्तिहरुको विवरण म्ज्क्ष्क् द्द प्रणलीमा अनिवार्य सार्वजनिक गर्न आग्रह गरेको थियो ।