सल्यानमा अस्पताल निर्माणका लागि १८ रोपनी जग्गा निःशुल्क दान
प्रतीक इच्छुक शर्मा
सल्यान, फागुन २ गते । बनगाड कुपिण्डे नगरपालिकामा सुविधा सम्पन्न १५ शैय्याको अस्पताल निर्माणका लागि स्थानीयले डेढ विगाहा जग्गा निःशुल्क प्रदान गरेका छन् ।
नगरपालिकाको वडा १ अम्राका २३ घरपरिवारले निःशुल्क जग्गा दान गरेका हुन् । जग्गा दाता मोतीलाल बुढाले करोडौं मूल्य बराबरको अन्नबाली लगाउने जग्गा अस्पताल निर्माणका लागि दान दिएको बताउनुभयो ।
सङ्घीय सरकारको एक स्थानीय तह, एक अस्पताल योजना अन्र्तगत अस्पताल निर्माण गर्न लागिएको नगरपालिकाले जनाएको छ । जग्गाको अभाव हुँँदा अस्पताल शिलान्यास भएको दुई वर्ष पनि काम अघि बढेको नगरपालिकाका इन्जिनियर महेश देवकोटाले बताउनुभयो । उहाँका अनुसार अस्पताल निर्माणका लागि प्रक्रिया अघि बढेको र १८ करोडको टेन्डर भइसकेको छ ।
अस्पताल निर्माणका लागि स्थानीय जग्गा धनीहरु सजय बिष्ट ०.८.०.० , रुप सिहं बिष्ट ०.३.३.१, हिर्मीकुमारी राना ०.१२.२.१, रुद्रवीर बिष्ट ०.१०.०.१, रुद्रवीर बुढा १.१५.२.१ तिलक बिष्ट ०.११.१.१ , तोलबहादुर कुमाल १.२.२.३, आइती बुढाथोकी १.११.३..०, गोफलो बस्नेत ०.५.०.०, मोतिलाल बुढा ०.५.२.३, झने बस्नेत ०.१०.१.०, बिमि बुढा १.०.०.२, केशरी बुढेनी ०.३.०.२, गोपाल बुढा ०.४.०.१ ले जग्गादान गरेका छन् ।
यस्तै, डिले बुढा ०.१२.२.१, भविन्द्र बुढा ०.९.१.३, लालबहादुर बुढा ०.५.२.३, स्वामी बुढा ०.२.०.१, लोकबहादुर बुढा मतवाला ०.५.२.०, पूर्णकलि बुढा ०.६.०.२, देवी महतरा १.३.०.१, लालवीर चनारो ०.११.०.३, तिलकबहादुर बुढा १.५.०.०, गौरीलाल बुढा १.५.३.३, प्रेमबहादुर बुढा ०.१.१.०, भीमा बुढा ०.८.०.१, भीमबहादुर बुढा ०९.१.३ र शान्ति बुढा क्षेत्री ०.१.०.० सहित जम्मा .१८.५.०.२ जग्गा दान गरेका छन् ।
जग्गादाता लालवीर चनारोले घर आगँनमा अस्पताल बन्ने खुसीमा आफूले भोगचलन गर्दै आइरहेका जग्गा निःशुल्क उपलब्ध गराउन पाएकोमा खुसी लागेको बताउनुभयो ।