सार्वजनिक सेवा लिनका लागि स्वास्थ्य बिमा गर्नुपर्ने
काठमाडौं, फागुन २ गते । अछामको साँफेबगर नगरपालिकाले सार्वजनिक सेवा लिनका लागि स्वास्थ्य बिमा गर्नै पर्ने निर्णय गरेको छ ।
नगरपालिकाले फागुन १ गते विज्ञप्ति निकाल्दै माघ २७ गते बसेको नवौ कार्यपालिका बैठकले नगरवासी, जनप्रतिनिधि र कर्मचारीलाई सार्वजनिक सेवा लिन स्वास्थ्य बिमा गर्नैपर्ने निर्णय गरेको जानकारी दिएको छ ।
बैठकले नगरवासीलाई सार्वजनिक सेवा प्राप्त गर्दा अनिवार्य रुपमा कर तथा राजस्व चुक्ता गरेको कागजातका साथै अनिवार्य रुपमा स्वास्थ्य बिमा गरेको कागजात पेश गर्नुपर्ने निर्णय गरेको छ ।
यस्तै, जनप्रतिनिधि तथा कर्मचारीले आफ्नो परिवारको स्वास्थ्य बिमा अनिवार्य रुपमा १५ फागुन भित्र गर्न आग्रह गरेको छ ।
यदि सो समय भित्र वीमा नगरेमा तलब भत्ता तथा सेवा सुविधा रोकिन सक्ने नगरपालिकाले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।