स्वास्थ्य |

मन्त्री खतिवडा र बेलायती राजदूत निकोलाबीच भेट

काठमाडौं, फागुन ५ गते। स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडासँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले शिष्टाचार भेट गर्नुभएको छ। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राजदूत पोलिटले भेट गर्नुभएको हो।

भेटमा मन्त्री खतिवडाले बेलायत र नेपालको २ सय वर्ष भन्दा पुरानो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण सम्बन्धको स्मरण गर्दै कोभिड महामारीको बेला बेलायत सरकारले गरेको सहयोगप्रति आभार प्रकट गर्नुभयो।

मन्त्री खतिवडाले भन्नुभयो, ‘विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९को विरुद्धको यो लडाइँमा बेलायत सरकारले प्रदान गरेको भेन्टिलेटर, भ्याक्सिन लगायत अन्य स्वास्थ्य सामग्री सहयोग स्वरूप प्रदान गर्नुभएकोमा बेलयाती सरकार र बेलयाती जनताप्रति हार्दिक आभार ब्यक्त गर्दछु।’

नेपालको पूर्वाधार विकास, स्वास्थ्य र शिक्षा क्षेत्रको बिकासको लागी बेलायत सरकारले प्रदान गरेको सहयोग उल्लेखनीय रहेको मन्त्री खतिवडाले बताउनुभयो।

राजदुत पोलिटले राख्नुभएको चासोको विषयमा स्वास्थ्य मन्त्रालयका स्वास्थ्य सेवा तर्फका सचिव डा. रोशन पोखरेलले थप प्रष्ट पार्नुभएको थियो। कार्यक्रममा राजदूत पोलिटले बेलायत सरकारका तर्फबाट २१ लाख डोज खोप मन्त्री खतिवडालाई हस्तान्तरण गर्नुभएको थियो।

भेटघाट कार्यक्रममा सचिव डा. रोशन पोखरेल, प्रवक्ता डा. संगिता मिश्राउपस्थित हुनुहुन्थ्यो।