स्वास्थ्य |

२९९ नयाँ सङ्क्रमित थप, तीनको मृत्यु

काठमाडौं, फागुन १० गते । पछिल्लो २४ घण्टामा २९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार छ हजार ६०४ जनाको पीसीआर परीक्षण गर्दा २९९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

सोही अवधिमा दुई हजार ८२० जनाको एन्टीजेन परीक्षण गर्दा १७७ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार कुल नौ हजार ४२४ जनामा परीक्षण गर्दा पीसीआर र एन्टीजेन गरेर ४७६ जनामा सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा ८३१ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा तीन जनाको मृत्यु भएको छ । योसँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९२८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मुलुकमा १० लाख लाख ७० हजार १८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै नेपालमा हाल १० हजार ७४७ जना सक्रिय सङ्क्रमित छन् ।