वैदेशिक रोजगारीमा जाने कामदारहरुको पीसीआर निःशुल्क
काठमाडौं, फागुन १३ गते । वैदेशिक रोजगारीमा जाने सबै कामदारको पीसीआर परीक्षण निःशुल्क हुने भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै निःशुल्क पीसीआर परीक्षणको व्यवस्था गरेको हो ।
संविधानको धार ५१ अन्तर्गत नागरिकलाई स्वास्थ्य परीक्षण सेवा सर्वसुलभ पार्ने र मौलिक हक प्रत्याभूति दिने अभिप्रायले यस्तो निर्णय गरेको हो ।
अबदेखि सरकारअन्तर्गतका शुक्रराज ट्रपिकल अस्पताल टेकु, वीर अस्पताल र केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाबाट श्रमिकहरुका लागि निःशुल्क पीसीआर परीक्षण हुनेछ । तर, त्यसका लागि वैदेशिक रोजगारीमा जाने निश्चित भएको कागजात भने पेश गर्नुपर्नेछ ।