स्वास्थ्य |

थप ६२ जनामा सङ्क्रमण, एकको मृत्यु

काठमाडौं, फागुन २७ गते । पछिल्लो २४ घण्टामा ६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पाँच हजार ६०७ जनाको पीसीआर परीक्षण गर्दा ६२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
सोही अवधिमा दुई हजार ३७४ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार सात हजार ९८१ जनामा परीक्षण गर्दा पीसीआर र एन्टिजेन गरेर ७७ जनामा सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा १८९ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुने दर ९८.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा एक जना सङ्क्रमितको मृत्यु भएको छ । मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५० पुगेको छ ।

पछिल्लो २४ घण्टामा मुलुकमा एक लाख २६ हजार १९६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै, नेपालमा हाल पाँच हजार २१२ जना सक्रिय सङ्क्रमित छन् ।