२४ घण्टामा आठ जनामा सङ्क्रमण, मृत्यु शून्य
काठमाडौं, चैत १२ गते । पछिल्लो २४ घण्टामा आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १६ सय ९६ जनाको पीसीआर परीक्षण गर्दा आठ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
त्यसैगरी, ९५९ जनाको एन्टिजेन परीक्षण गर्दा कसैमा पनि सङ्क्रमण पुष्टि नभएको मन्त्रालयले जनाएको छ । पीसीआर र एन्टिजेन गरेर २६ सय ५५ जनाको परीक्षण गर्दा कुल आठ जनामा सङ्क्रमण देखिएको छ ।
२४ घण्टामा २१० जना सङ्क्रमण मुक्त भएका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा कुनै पनि सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५१ पुगेको छ ।
अहिले देशभर १७ हजार ५८ जना सक्रिय सङ्क्रमित छन् । २४ घण्टामा ४७ हजार ७०१ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।