स्वास्थ्य |

२४ घण्टामा तीन जनामा कोरोना संक्रमण : ४८ डिस्चार्ज

काठमाडौं, चैत २७ गते। २४ घण्टामा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ सयको एन्टीजेन परीक्षण गर्दा तीन जनामा संक्रमण पुष्टि भएको हो।

त्यसैगरी ९४० जनाको एन्टीजेन परीक्षण गर्दा एक जनामा मात्र संक्रमण देखिएको छ।

मन्त्रालयका अनुसार २४ घण्टामा ४८ जनाले कोरोना जितेका छन् भने २० हजार ८२८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। २४ घण्टामा कोरोनाले मृत्यु हुनेको संख्या भने शून्यमा झरेको छ। अहिले देशभर सक्रिय संक्रमितको संख्या ५९२ रहेको छ।